राष्ट्रिय समाचार

राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू

बिज्ञापन

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

बिज्ञापन

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज (बुधबार) देखी आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू गरेको हो ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने भएकोले कुनै पनि दलले उपराष्ट्रपतिको भने उम्मेदवार टुंगो लगाएका छैनन् ।

बिज्ञापन