राष्ट्रिय समाचार

शरणार्थी प्रकरण : आरजु र बालकृष्णदेखि मञ्जुसम्म तानिए

बिज्ञापन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन् ।

बिज्ञापन

पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा पूर्वगृहमन्त्री समेत रहेका बादल, मञ्जु खाँण र कांग्रेुस सभापति शेरबहादुर देउवापत्नी आरजु यस प्रकरणमा तानिएका हुन् ।

त्यस्तै पैसा उठाउने गिरोह र पीडितबीच भएको कुराकानीमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको अडियो पनि सार्वजनिक भएको छ । उक्त अडियो सुरक्षित राखिएको र त्यसमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै यसै प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ ।
बुटवल र काठमाडौंमा विशेष टोली परिचालन गरेर उनको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दियो । पूर्वमन्त्रीसमेत रहेका रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा छन् । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरिसकेको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई भने पक्राउ परिसकेका छन् ।

बिज्ञापन