राष्ट्रिय समाचार

ढाकाकुमारको रिट न्यायाधीश श्रेष्ठको एकल इजलासमा

बिज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटमाथि आज सुनुवाई हुँदैछ ।

बिज्ञापन

मन्त्री हुन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारलाई समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो ।

तर, आफूलाई संसदीय कानुनविपरित कारबाही गरिएको भन्दै श्रेष्ठले पुनर्वहालीको मागसहित सर्वोच्च अदालतमा रिट हालेका थिए । सो रिटमाथि आज (सोमबार) सुनुवाइ हुन लागेको हो । उनको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।

रास्वपाले श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन् । उनको ठाउँमा रास्वपाले एसिड आक्रमणमा परेकी विन्दबासिनी कंशाकरलाई सांसद बनाउने निर्णय गरेको छ ।

बिज्ञापन