खेलकुद

लगातार छैठौं पटक नेपालले टस जित्यो, यूएईविरुद्ध पहिले फिल्डिङ गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिम यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा केहीबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । तीब्र गतिका बलर प्रतिश जिसीको स्थानमा स्पिनर सन्दीप लामिछानेले स्थान बनाएका छन् ।

बिज्ञापन

यसअघि, लिग २ मा लगातार पाँच जित निकालेको नेपाल आजको खेलमा यूएईलाई पराजित गर्दै जितलय कायम राख्न चाहान्छ ।शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई ४ विकेटले पराजित गरेको थियो ।

२९ खेलमा १३ जित १४ हारको नतिजासहित २८ अंक जोडेर छैठौं स्थानमा रहेको नेपालले आजको खेलमा जित निकाले ३० अंकसहित पाँचौं स्थानमा उक्लिनेछ । एकदिवसिय मान्यता जोगाउन ४ र विश्वकप छनोट खेल्न नेपालले बाँकी सात मध्यका ६ खेल जित्नुपर्नेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।