पूर्व राजदम्पती भारत भ्रमणमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । उनी दुई दिनअघि पत्नी कोमलसहित झापाबाट भारत गएका हुन् ।
पूर्वराजाका संवाद सचिव फणीराज पाठकले पूर्वराजा भारतमा रहेको पुष्टि गरे । तर, भ्रमणको विस्तृत विवरण आफूसँग नरहेको बताए ।

पूर्वराजासँग उनका स्वकीय सचिव सागर तिमल्सिना पनि छन् । भ्रमणको उद्देश्य थाहा हुन सकेको छैन, यद्यपि राजनीतिक भेटघाटहरु हुनसक्ने बुझिएको छ ।
लामो समयदेखि झापामा बसिरहेका पूर्वराजदम्पत्ती काठमाडौं नआई त्यतैबाट भारत गएका हुन् ।
केही दिनअघि पूर्वराजाले दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका थिए ।
उनले झापामा नै बाक्लो राजनीतिक भेटवार्ताहरू गरिरहेका थिए । उनको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
