खेलकुद

एसियन कप छनोट खेल्ने यू-२० महिला टिमको बिदाइ

बिज्ञापन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

बिज्ञापन

एन्फाले एसियन कप खेल्न प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आज (आइतबार) नै त्यसतर्फ प्रस्थान गर्ने छन् । छनोटको पहिलो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

यु-२० महिलाको टोलीमा गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी
डिफेन्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन रहेका छन्

बिज्ञापन