कञ्चनपुरमा एक वरिष्ठ प्रहरी नायब निरीक्षक मृत भेटिए
लोक कल्याणकारी विज्ञापन

धनगढी । कञ्चपुरमा एक प्रहरी अधिकारी मृत अवस्थामा भेटिएको छ ।
भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द आइतबार राति मृत अवस्थामा भेटिएका हुन्।
बिज्ञापन

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए । उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
