सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । खाना बनाउने ग्यास लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरु सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन् ।

अहिले सबै स्वास्थ्य पारामिटरहरु सामान्य रहेको उनका दाजु मीन भण्डारीले बताए । उनको जलेको भागमा लगाइएको कलमी छालाले राम्रो प्रतिक्रिया दिइरहेको उपचारमा संलग्न चित्सिकले जनाएको छ । डाक्टर र अस्पताल प्रशासनद्वारा आगन्तुकहरूलाई कडाइका साथ निषेध गरिएको छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो ।
घटना लगत्तै किर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका लागि लगिएपनि अवस्था गम्भिर रहेका कारण सोही दिन सांसद भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो । जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
