टीकापुर

रानी जमरा कुलरिया सिँचाइ समितीद्वारा आयोजनाको काममा ढिलासुस्ति भएको गुनासो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २२ फागुन । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्यमा ढिलाई भएको रानीजमरा कुलरिया मुल कुला समितीले बताएको छ । टीकापुरमा पत्रकार सम्मेलन गरी मुल कुला समितिका अध्यक्ष कुमारराज शाहीले पहिले कुलामा पानी नचलेको भनेर किसान आन्दोलन गर्ने गरेकोमा हाल आएर निर्माण कार्य समयमा सम्पन्न नभएर आन्दोलन गर्नु परिरहेको बताउनु भएको छ । 
कुलामा कुन संरचना कहाँ बनेको र कहाँ नबनेको किसानहरुले माग गरेकोले आफुहरुले प्रत्येक महिना आयोजना प्रमुख र ठेकेदारहरुसँग छलफल गरेको भए पनि उनिहरुले काम समयमा गर्छौ मात्रै भन्ने गरेको तर काम समयमा गर्न नसकेको अध्यक्ष शाहीले बताउनुभयो । 
पूर्व उपाध्यक्ष दामोदर खड्काले आफुहरुले हिजोमात्रै आयोजना प्रमुखसँग कुराकानी गरेको बताउँदै आयोजनाले आफ्नो तर्फबाट काम गरिरहेको तर ठेकेदारले समयमा काम नगरी पेटी ठेकेदारलाई काम दिएकाले समयमा काम नभएको बताउनुभयो ।
जमरा कुला अध्यक्ष मानबहादुर चौधरीले इन्जिनियरले सर्बे र डिजाईन गर्दा लेवल मिलाउन नसकिरहेको र धोविनी खोलाको एउटा पुल एक वर्षसम्म पनि बनाउन नसक्दा समस्या भएको बताउनुभयो ।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन