राष्ट्रिय समाचार

कसरी हुँदैछ शीतलनिवासमा राष्ट्रपति पौडेलको स्वागत र भण्डारीको विदाई ?

बिज्ञापन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आजै शीतलनिवास सर्ने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो १ बजे शपथ ग्रहण गरेपछि उनी शीतलनिवासमै रहने भएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

बिज्ञापन

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट निजी निवासमा सर्दैछन् । उनको पाँच वर्षे कार्यकाल हिजो सकिएको थियो । आज पौडेलको शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीको विदाई हुनेछ । निवर्तमान राष्ट्रपति भण्डारीको विदाई र नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ समारोहमा १ हजार बढी पाहुनालाई बोलाईएको छ ।

नयाँ राष्ट्रपति पौडेल शितल निवासमा प्रवेश गरेलगत्तै नेपाली सेनाको टोलीले उनको स्वागतमा २१ तोपको सलामी दिने छ । त्यसपछि शपथग्रहण समारोह सुरु हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनेछन् ।

त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिनेछन् र बधाई दिनुछन् । अन्य विशिष्ट व्यक्तित्व र पाहुनाहरुले पनि बधाई दिनेछन् । त्यसपछि भण्डारीको विदाई गरिनेछ । शीतलनिवासबाट उनी बालुवाटारस्थित छोरीको घरमा सर्नेछन् । उनी नीजि निवास सर्ने बताइएपनि घरको मर्मत नुसकिएकाले हाललाई उनी छोरीको घरमा सर्न लागेका हुन् ।

बिज्ञापन