राष्ट्रिय समाचार

रामचन्द्र पौडेलले गरे कांग्रेस परित्याग

बिज्ञापन

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् ।

बिज्ञापन

गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन् ।

आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन