राष्ट्रिय समाचार

बेलारुसमा अलपत्र परेका ९ महिलालाई स्वदेश फर्काउन माग

बिज्ञापन


काठमाडौं । नेकपा एकीकृत समाजवादीले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गरेको छ ।

बिज्ञापन

उद्धार अभियानद्वारा बिहीबार आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खतिवडाले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिएका हुन् ।

विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पु¥याएको खबर प्राप्त भएकाले सरकारले तत्काल उद्धार गर्नुपर्ने उनको भनाइ छ ।

समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले पीडितहरूले विदेशमा आफूहरू अलपत्र भएकाले उद्धार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताए।।

उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताए ।

सानुमाया तामाङ (नुवाकोट), कविता थापामगर र अञ्जना मगर (रामेछाप), रत्नमाया राई (धनकुटा), पार्वतीमाया तितुङ (मकवानपुर), रमिता राई (भोजपुर), सुष्मा तामाङ (काभ्रेपाल्चोक), मीना गुरुङ (चितवन) र मार्था सोताङ राई (मोरङ) बेलारुसमा अलपत्र परेका हुन् ।

बिज्ञापन