राष्ट्रिय समाचार

उपराष्ट्रपति निर्वाचन : ४०९ मत खस्यो

बिज्ञापन

काठमाडौं । संघीय संसद् नयाँबानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको छ ।

बिज्ञापन

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार सो समयसम्म संघतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको हो ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ । निर्वाचनमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिज्ञापन