लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी भएकी छन् ।
तिमिल्सिनाले १६२ मत ल्याएर विजयी हुँदा नेवि संघका भाबेस उपाध्यायले १०८ मत प्राप्त गरे । सचिवमा पनि अनेरास्ववियू क्रान्तिकारीकी पूजा विष्ट २४९ मत गरि विजयी भइन् । कोषाध्यक्षमा नेकपा एस निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी नियुसा खनाल २९९ मत सहित विजयी भइन् ।

सदस्यमा मनीषा भुल,प्रदीप प्रसाद न्यौपाने ,प्रकाश धमला,टीका बिसी र सुनिल नेपाली विजयी भएका छन् ।
सदस्यमा विमला बोहरा र सुनिल नेपालीको बराबरी मत आउँदा चिट्ठा मार्फत सुनिल नेपाली विजयी भएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
