चौमाला बहुमुखी क्याम्पसमा संयुक्त प्यानललाई हराउँदै अनेरास्ववियुका बुढा विजयी

कैलाली । कैलालीको चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका हरेन्द्र बुढा विजयी भएका छन् ।
१६१ मत ल्याएर बुढा सभापतिमा विजयी हुँदा संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाएका थिए ।

सचिवमा भने संयुक्त प्यानलका दिलबहादुर ताम्राकारले १६६ मत पाएर विजयी हुँदा अनेरास्ववियुकी गीता रोकायाले ५९ मत पाइन ।
कोषाध्यक्षमा अनेरास्ववियुका मोहन बहादुर खत्री विजयी भए । खत्रीले १६२ मत पाएका थिए ।
५ सदस्य माध्ये अनेरास्ववियुबाट २ र संयुक्त प्यानलबाट ३ जना विजयी भएका छन् ।
यहाँ काङ्ग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठन मिलेर निर्वाचन लडेका थिए भने एमालेको विद्यार्थी सङ्गठन एक्लै निर्वाचनमा होमिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
