कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन्।
सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन्। मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याक्टर चालकको खोजी गरिरहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
