बिश्व

मलाई अदालतमै हत्या गर्ने योजना बनेको छ, भर्चुअल सुनुवाइ होस् : इमरान खान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनेको आरोप लगाएका छन्। 

खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो सफल नभएको भन्दै फेरि पनि अदालतमा आफ्नो ज्यानको सुरक्षा नभएको दाबी गरे। 

बिज्ञापन

खान शनिबार इस्लामावादस्थित उच्च अदालतको ज्युडिसियल कम्प्लेक्समा सुनुवाइका लागि पुगेका थिए।  तर लाहोरस्थित घरबाट अदालत हिँडेका खान झण्डै ६ घण्टापछि अदालत पुगेर हस्ताक्षर गरेर मात्र फर्किए। 

खानले पछिल्लो पटक उच्च अदालतका मुख्य न्यायाधीश अमर अता मन्दियाललाई चिठ्ठी लेखेर आफ्नो हत्याको योजना बनेको भन्दै भर्चुअल सुनुवाईको माग गरे। खानले पत्रमा शनिबार अदालतमा हाजिर हुँदै गर्दा प्रहरीले नै आफ्नो बाटो छेकेको, कार्यकर्तामाथि गोली चलाएको र अदालत परिसरको वातावरण शंकास्पद देखिएको दाबी गरेका छन्।  

खानले आफू र आफ्नो पार्टीका कार्यकर्ता सेनाकोविरुद्धमा रहेको देखाउन खोजिएको आरोपसमेत लगाएका छन्। शनिबार कार्यकर्ताको भीडसहित अदालत गएका खानले आफ्नो बाटो छेकिएको भन्दै ट्विटरमा भिडियो सन्देश राखेका थिए। उक्त दिन खान नेतृत्वको तहरिक ए इन्साफ पार्टीका ३ सय बढी कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।