टीकापुर

टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुरस्थित बीरेन्द्र बहुमुखी क्याम्पसमा सोमवार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । सभापतिमा नेपाल विद्यार्थी संघका नविन अधिकारी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मबहादुर बिष्टका अनुसार अधिकारीले चार सय ३० मत पाउनुभएको छ । भने अधिकारीका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका नविन सज्यालले एक सय ३२ मत पाउनुभएको छ । 
यसैगरी अनेरास्वबियूका प्रदिप रावलले ८५ मत पाउनुभएको छ भने नागरिक विद्यार्थी समाजका प्रबेश आचार्यले ७२ मत पाएका छन् । सचिवमा नेपाल विद्यार्थी संघका तपेन्द्र भण्डारी विजयी भएका छन् । भण्डारीले तीन सय ३५ मत पाएका छन् । उहाँलाई पछ्याउदै अखिल क्रान्तिकारीका सरस्वती ठकुल्लाले एक सय ५४ मत पाउनुभएको छ । नागरिक विद्यार्थी समाजका सागर विश्वकर्माले ८७ मत पाउनुभएको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महेन्द्र रावलले ९४ मत पाउनुभएको छ । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका विपना कुमारी चौधरी बिजयी हुनुभएको छ । विपनाले ३०५ मत प्राप्त गर्नुभएको छ । अनेरास्वबियूका बिनिता बिष्टले एक सय ८५ मत पाउनुभएको छ । अनेरास्वबियू (एस) विद्यार्थी किरण चौधरीले ९५ मत पाउनुभएको  छ । नागरिक विद्यार्थी समाजका सीता चौधरीले ७३ मत पाउनुभएको छ ।
    सदस्यहरुको मतगणना जारी छ । सदस्यमा समेत नेविसंघका विद्यार्थीले अग्रता लिइरहेको बताइएको छ । एक हजार एक मतदाता रहेकोमा ७ सय ५३ मत खसेको थियो । वीरेन्द्रमा करिब २२ सय विद्याथीले अध्ययन गर्छन् । निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्वबियूले गठबन्धन गरेका थिए भने अनेरास्वबियू र राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले गठबन्धन गरेका थिए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन