अर्थ

ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था ली. ले वर्दिया द्वारा साक्षरता कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बर्दिया ८ चैत ,ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था ली. ले वर्दिया जिल्ला, राजापुर नगरपालिका स्थित श्री मानपुर माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

विश्वव्यापी वित्तीय सप्ताह लाई भव्य रुपमा मनाउने क्रममा मार्च २० देखी मार्च २७ सम्म हरेक दिन हरेक प्रदेशमा यूवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत वित्तीय सप्ताहको दोश्रो दिन लुम्विनी प्रदेश अन्तर्गत वर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ६ मा रहेको उक्त विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १२८ जना विद्यार्थी विच अन्तर्क्रियात्मक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

लोक कल्याणकारी विज्ञापन

वित्तीय संस्थाको राजापुर शाखा कार्यालय प्रमुख प्रमोद चौधरीले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा वित्तीय संस्थाका लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेश हेर्ने प्रदेश प्रमुख श्री बसन्त सुवेदी ले युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुर्याउने उद्देश्यमा सञ्चालित विश्वव्यापी वित्तीय सप्ताह केन्द्रित रहँदै सहभागी विद्यार्थीहरुलाई वचत, कर्जा, पारिवारिक वजेट, विमा, विप्रेषण, डिजीटल वैंकिङ्ग लगायत विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

बिज्ञापन

विजयपुर २६, पोखरा केन्द्रिय कार्यालय रहेको ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था ली.नेपाल राष्ट्र वैंक बाट घ वर्गको वित्तीय कारोवार गर्न ईजाजतपत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो । वित्तीय संस्थाले देशभर १२० शाखा कार्यालय मार्फत करिव १ लाख ५० हजार घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन