टीकापुर

टीकापुरमा कम तौलका ढक प्रयोग गरी ठगी 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीको टीकापुरमा कम तौलका ढक प्रयोग गरी ठगी गरिएको छ। टीकापुर नगरपालिकाका ग्रामीण बजारका पसलमा तौल कम र बिगे्रका ढक, तराजु प्रयोग गरेको पाइएको हो। टीकापुर नगरपालिका–३ कार्यालय र उपभोक्ता हित संरक्षण उपशाखाले संयुक्त रूपमा २९ वटा पसल अनुगमन गर्दा यस्तो भेटिएको जनाएको छ।

विगत छ वर्षदेखि मासु व्यापार गरिरहेका टीकापुर नगरपालिका–३, चटिया बजारका धर्मेन्द्र चौधरीको पसलमा एक किलो भनेर प्रयोग गरेको ढक ९५१ ग्राम मात्रै भेटिएको थियो। ढकमा तौल मिलाउन भरेको सिसा हटाइएको र ढकका कुना टुटाइएको छ।  यस्तै पुछरी बजारमा दसौँ वर्षदेखि चलिरहेको सुरेश किराना पसलमा पनि एक किलोको ढककोे तौल ९६० ग्राम मात्रै भेटिएको थियो।

बिज्ञापन

यहाँका केही पसलमा ढकको तौल कम देखिएको छ। धेरैजसो पसलमा तराजुको सन्तुलन बिगारिएको बताइएको छ। गाउँका पसल नियमित अनुगमन नहुने, बिक्रेता पनि सामान बेच्नबाहेक केही नजानेका हुनाले उपभोक्ता ठगिएका छन्। टीकापुर नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार ग्रामीण बजारमा नापतौलमा ठगी र एक÷दुई वर्षअघि नै म्याद नाघेका खानेकुरा पनि बिक्री स्थलमा भेटिएका छन्।

नगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐनअनुसार वडाको समन्वयमा ग्रामीण बजारमा पनि अनुगमन थालिएको छ। वडासचिव ताराविक्रम रानाले गाउँका बजारमा नापतौल तथा म्याद गुज्रिएका खाद्यवस्तु पाइएकाले व्यवसायीलाई बोलाएर छलफल राखिने र बजार व्यवस्थित गरिने बताए।   

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।