टीकापुर नगर वासीद्वारा टीकापुर नगर प्रमुखलाई ज्ञापन पत्र

टीकापुर । टीकापुर नगर वासीद्वारा टीकापुर नगर प्रमुखलाई ज्ञापन पत्र बुझाईएको छ । नगरपालिकामा बार–बार अधिकृतहरुको सरुवा गरेर कुनैपनि काम पूरा गर्न नदिएको विरोधमा उक्त ज्ञापन पत्र बुझाईएको पत्रमा उल्लेख गरिएको छ ।
भर्खरै सरुवा गरिएका प्रशासन अधिकृत लक्षमण बहादुर कठायतलाई पुनः बोलाएर कामलाई निरन्तरता दिन भनिएको छ । पत्रमा अधिकृत कठायत टीकापुरमा सरुवा भएर आएदेखि पहिलेका अधिकृतभन्दा उत्कृष्ट काम गर्न सफल हुँदा–हुँदै पूरा कार्यकालसम्म काम गर्न नदिएर सरुवा गरिएको आरोप लगाइएको छ साथै सुुकुम्बासी तथा मुक्त कमैयाँहरुको वास्तविक छानविन गर्न समेत उल्लेख गरिएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
