भुरीगाउँमा सत्संग कार्यक्रममा

भुरीगाउँ (बर्दिया), ९ चैत्र । सन्त निरंकारी मण्डल नेपाल, भुरीगाउँद्वारा भुरीगाउँ सत्संग भवनमा सत्संग कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले जब हाम्रो ह्दयमा श्रद्धा, विश्वास कायम हुन्छ तब मात्र भक्ति प्रर्खर हुन सक्छ बताउनु भएको छ । उहाँले केवल दुःख परेको बेला ईश्वरको नाम लिने तर सुखको समयमा ईश्वरलाई बिर्सन्छौ भने हामीलाई सुख कहाँबाट हुन्छ । हामीले जुनसुकै समयमा पनि यस निराकारको सुमिरण गर्नु छ । तब हामी सुखी र आनन्दित हुने छौ बताउनु भयो ।

उहाँले ज्ञान लिनुभन्दा पहिले ढुंगा, मूर्ति आदि जो सुकैलाई पूजी रहेका थियौं तर अब ज्ञान लिएर पनि हामी अन्धविश्वासमै रुमल्लि रहन्छौ भने ज्ञान लिएको वा सत्संग गरेको पनि कुनै फाईदा हुँदैन । ज्ञानको अनुसार आफ्नो कर्मलाई डो¥याउँछौ भने तब मात्र ज्ञान लिएको सार्थक हुन जान्छ । जसको हामी भक्ति, पूजा गरिरहेका छौ त्यसलाई जान्नु नितान्त आवश्य छ । आज सन्त निरंकारी मिशनले संसारमा मानवलाई प्रत्येक्ष निराकारको दर्शन गराएर साक्षात्कार गराई रहेको छ र मानवको कल्याण गरिरहेको कुराको उल्लेख गर्नुभयो ।

सत्गुरुले प्रदान गरेको पाँच प्रणलाई यदि हामी आफ्नो जीवनमा हु–ब–हु लागु गर्न सक्छौ भने हाम्रो जीवनमा कुनैपनि समस्या आउन सक्दैन । पाँच प्रणबाट जीवन सुखमय हुन जान्छ । भक्ति अरुको लागि नभएर केवल आफ्नो लागि भएको उल्लेख गर्दै उहाँले सेवा, सत्संग, सुमिरण आफ्नो जीवनको कल्याणको लागि गरिन्छ, जसले सेवा, सत्संग, सुमिरण गर्छ त्यसैले यसको आफ्नो जीवनमा लाभ पाउने गर्छ बताउनुभयो ।
उहाँले हामी ब्रम्हा, विष्ण, राम, कृष्ण भगवानलाई त मान्छौ तर उनीहरुको विचारलाई भने मान्दैनौ । त्यस्तै सत्गुरु माता सुदीक्षा जीलाई त मान्छौ तर उहाँद्वारा मार्ग दर्शित वचन वा विचारलाई भने हामी मान्दैनौ भने हामीले कसरी सुख–आनन्दलाई प्राप्त गर्न छौ ? यसतिर हाम्रो ध्यान जानु जरुरी रहेको बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि मानव चोला चौरासी लाखयोनि पछि मात्र प्राप्त हुन्छ, यति अमूल्य जीवन पाएर पनि यसलाई कौडिको मूल्यमा गुमाई रहेका छौ । खानु, पिउनु, सुत्नुमा नै मानव चोला बिताई रहेका छौ । यसलाई नै मानव पाएको उद्देश्यलाई बताई रहेका छन् । तर, आज संसारमा निरंकारी मिशनले मानवहरुलाई ब्रम्हज्ञान दिएर भ्रमको जालोबाट जागृत गराई रहेको छ कि मानव चोला बार–बार पाइदैन, यो अमूल्य चोला हो । भगवानले पनि चौरासी लाख योनिबाट मुक्ति पाउनु छ भने यसै योनिबाट गर्न सकिने भएकोले मानवलाई चेतन शक्ति प्रदान गर्नु भएको हो तर हामीले त्यसलाई बुझ्न सकिरहका छैनौ, यो हाम्रो लागि ठुलो अहोभाग्य भएको बताउनु भयो ।
सत्संग कार्यक्रमा देवु भण्डारी, नर बहादुर साउँद, तारा शर्मा, तेज बोहरा, खिमा, राम जोशी, पूर्ण कुमाल, मोहन थापा, रतिलाल, शेर बहादुर, ममता, कृष्ण, श्रीराम जैशी, विशाखर जोशी र पवित्रा भण्डारीले भजन वा प्रवचनको माध्यबाट आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन केन्द्रीय प्रचार विभाग प्रमुख देवराज रिमालले गर्नुभएको थियो । सत्संग समाप्ति पछि नव आगन्तुक सन्तहरुले ज्ञान प्राप्त गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.