घटना समाचार

चट्याङ लागेर एक महिलाको मृत्यु

बिज्ञापन

ओखलढुङ्गा, चैत १७ गते । ओखलढुङ्गामा शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । चम्पादेवि गाउँपालिका –६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको चट्याङ लागेर ज्यान गएको हो । 

बिज्ञापन

खेतमा गहुँ काटिरहेको समयमा वर्षासँगै आएको चट्याङ लाग्दा कार्की र सोही ठाउँकी वर्ष १३ की अरुण कार्की घाइते हुनुभएको थियो । प्राथमिक स्वास्थ्य चौकी रानीवनमा उपचारको क्रममा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । 

घाइते अरुण कार्कीको उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक दासले बताउनुभयो । प्रहरी चौकी चुप्लु घोराखोरीको प्रहरी टोलीबाट घटनास्थलमा पुगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

बिज्ञापन