घटना

एसइई दिन होस्टल बसेकी छात्रालाई शिक्षकले करणी गरेको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ : जिल्लामा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो।

सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार मंगलबार इप्रकामा जाहेरी परेको हो।

बिज्ञापन

सबै बसेर परीक्षाको तयारी गरिरहेका बेला त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाएर भवनको भर्‍याङमुनि लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएको प्रहरीको भनाइ छ। शिक्षक पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए।

उनी सोही विद्यालयका प्रावि शिक्षक हुन्। जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको डिएसपी मल्लले बताए। पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनको मंगलबार नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ।

यस विषयमा अखिल क्रान्तिकारी दाङ, अनेरास्ववियु दाङले सत्यतथ्य छानविन गर्न माग गरेको छ। अध्यक्ष गिरबहादुर महराले बुधबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

यस्तै, अनेरास्ववियु दाङका अध्यक्षले पनि एक विज्ञप्ति निकालेर जबरजस्तीकरणी गरेको दु:खद घटनालाई प्रशासन तथा शक्ति र सत्ताको आडमा ढाक छोपमा लाग्न खोज्नुले न्यायप्रेमी युवा विद्यार्थीलाई निकै आक्रोशित बनाएको भन्दै दोषीलाई कानुनको दायरामा ल्याएर कारबाहीको माग गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।