टीकापुर

टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले आज पत्रकार सम्मेलन मार्फत घोषणा गरेका छन् ।

समाजले एक लाख राशीको खड्गस्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८ थोमस वर्गिज र मेरी वर्गिजलाई अर्पण गर्ने जानकारी गराएको छ । टीकापुरमा योजनाबद्ध शहरको परिकल्पनाकार तत्कालीन मन्त्री स्वर्गीय खड्गबहादुर सिंहको सम्झानामा स्थापना भएको सो पुरस्कार वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्यामन्दिर मावि) स्थापना गरी लामो समय यहाँका नागरिकका सन्ततिलाई शिक्षा दिने काममा योगदान गरेवापत दिइन लागेको हो ।

बिज्ञापन

यस्तै, ५० हजार राशीको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार गायिका अनु चौधरीलाई प्रदान गरिनेभएको छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार युवा अवस्थामै नेपाली, खस र थारु भाषामा लोकप्रिय गीतहरु गाएर भाषा र कलाको उन्नयन र प्रवर्धनमा साधनारत चौधरीलाई प्रदान गरिन लागेको हो । 

यसैबीच, २५ हजार राशीको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका उच्च माविका सर्वोत्कृष्ट नतिजा ल्याउनुभएका गणेशबाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई प्रदान गर्ने निर्णय गरेको छ ।

चैत २५ देखि २७ गतेसम्म टीकापुरमा आयोजना हुने उक्त महोत्सवमा देशका चर्चित लेखक, साहित्यकार, पत्रकारको उपस्थितिमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायतका २० वटा सत्रमा छलफल हुने र एक हजार जनाले सुन्न हेर्न पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।