राजनीति

प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याए : ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देशको भूगोल घटेको बताएका छन् । एमालेले पाल्पामा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको आरोप लगाए ।

लोक कल्याणकारी विज्ञापन

‘नेकपा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोल अलिकति सानो भो, सीमा मिचियो’ ओलीले भने, मैले प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरुले अलिकति खुम्च्याए । अलिकति उनीहरुले आफ्नो भूभाग नदेखेझैं गरे ।’

लोक कल्याणकारी विज्ञापन

सीमा रक्षा गर्ने सरकारमा हुनेहरुको कर्तव्य भए पनि उनीहरुले नदेखेजस्तो गरेको ओलीले बताए । ए हो र मैले त देखिन …! कस्तो दलाली, कस्तो चाकडी ? उनले भने ।

बिज्ञापन

ओलीले भारततर्फ संकेत गर्दै अब आफूविरुद्ध प्रचण्ड र देउवा कुरा लगाउन जाने टिप्पणी गरे । ‘मैले यति बोलेपछि कुम्लो कुटुरो बोकेर कुरा लाउन जान्छन् । हजुर पाल्पामा केपी ओलीले नेपालको सीमा घटायो भन्यो नि त्यसलाई आउन दिनु हुदैन भनेर’ उनले भने ।

ओलीले अब आफूलाई प्रधानमन्त्री बन्ने रहर नभएको बताए । ‘प्रधानमन्त्री बनिसकेँ, काम गरेर देखाइसकेँ, तपाईहरुले माया गर्नुभएको छ, मलाई पुगेको छ’ उनले भने, तर देश त जोगिनुपर्‍यो नि देशको रक्षा हुनुपर्‍यो नि ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन