घटना समाचार

मुडामा खैरो हिरोइन सहित दुई जना पक्राउ

बिज्ञापन

मुडा  । कैलालीमा शुक्रबार लागु औषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन्।

बिज्ञापन

जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरीको पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिइएको हो। ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बि.ओ.पी.पगियापासारबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उनीहरलाई भजनी नगरपालिका –५ कौवाखेडाबाट पक्राउ गरेको हो।

मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भइरहेको प्रहरी कार्यलयले जनाएको छ।

बिज्ञापन