राजनीति

नयाँ उदाएका शक्तिबाट लोकतन्त्र र गणतन्त्र खतरामा: केसी

बिज्ञापन

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको लोकतन्त्र र गणतन्त्र नयाँ शक्तिमा उदाएका दलहरुबाट खतरामा भएको आरोप लगाएका छन् ।

बिज्ञापन

सत्तारुढ दस दलको मोर्चामा रहेको जनमोर्चाका अध्ययक्ष केसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनीहरुबाट यस्तो खतरा आफूले देखेको बताएका हुन् ।

‘नयांँ भनिएका दलहरुबाट लोकतन्त्र र गणतन्त्र खतरामा रहेको छ, यी दलहरु विदेशी शक्ति राष्ट्रको निर्देशन र एजेण्डामा चलेका हुन्, लोकतन्त्र र गणतन्त्रका लागि लडेका दलहरु सच्चिएर आउनुपर्नेछ’, केसीले भने ।

पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार बुटवलमा उद्घाटन गर्दै नेता केसीले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति आफ्नो दलको समर्थन नरहेको दाबी गरे ।

आफूले न्यूनतम साझा कार्यक्रममा केही राम्रा कुरा पनि छन् मात्र भनेको तर प्रधानमन्त्रीलाई सर्लक्कै मान्यो भन्ने भ्रम भएर हस्ताक्षरसहित सार्वजनिक भएको बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका संघीय सांसद केसीले न्यूनतम साझा कार्यक्रममा संघीयता, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक र नागरिकताको विषयमा आफ्नो दलको स्पष्ट बिमति रहेको बताए ।

उनले ठूला दलहरुले देशलाई आवश्यक नै नभएको र थेग्नै नसकिने सघीयतालाई जबरजस्ती ल्याएको र त्यसपछि आर्थिक संकट अझै थपिएकाले यसको खारेजी आफ्नो पार्टीको मुख्य अभियान भएको बताए ।

देश बनाउन र बिगार्न पत्रकार र मिडियाको भूमिका हुने बताउँदै नेता केसीले आफ्नो जिम्मेवारी र दायित्व नबिर्सन पत्रकारहरुलाई सुझएका थिए ।

दुई दिनसम्म चल्ने अधिवेशनमा देशभरबाट १५० प्रतिनिधि आएको संयोजक श्यामलाल पोखरेलले जानकारी दिए ।

बिज्ञापन