राष्ट्रिय समाचार

आजबाट सिंहदरबारको फोहोर नउठाउने मेयर बालेन घोषणा

बिज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गरेका छन् ।

बिज्ञापन

काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन । उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आज (शनिबार) देखी सिंहदरवारको फेहोर नउठाउने बताएका छन् ।

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

बिज्ञापन