राष्ट्रिय समाचार

७७ वर्षमा नागरिकता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मान्म, चैत्र २६ गते। १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट पाउँछन्। तर कालीकोटका केही दुर्गम ठाउँमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएका मानिस अहिले पनि छन्। नागरिकता किन बनाउनुपर्छ, फाइदा के छ, के काम गर्छ र कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा नरहरीनाथ गाउँपालिका ४ गोठीका कृष्ण कामीले ७७ वर्षको उमेरमा आइतबार बल्ल जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउनुभएको हो। 

बुवा अम्मरे कामी र आमा पृर्थी कामीका पाँच छोरी र पाँच छोरामध्ये साइला छोरा हुनुहुन्छ कृष्ण कामी। २००२ वैशाख १० गते जन्मिनुभएका कामी ६० वर्ष उमेर पुगेदेखि सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउनु हुन्थ्यो। तर नागरिकता पाउनु भएन। उहाँका भतिजा जंगे कामीले अहिलेसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षाको रकम नपाएको बताउनुभयो। बुवा आमा सानैमा गुमेकाले एक्लो रहँदै आउनु भएका कामी नागरिकता पाउनबाट वञ्चित हुनुभएको हो। 

बिज्ञापन

गरिबी र अशिक्षाले गर्दा रोजगारीको लागि १५ वर्षको उमेरमै भारतको मुम्बई जानु परेकाले नागरिकता पाउनु नसकेको कृष्ण कामीले बताउनुभयो। उहाँले भन्नुभयो, “नागरिकता नहुँदा हरेक काममा समस्या आउने रहेछ तर आज नागरिकता पाएँ। धेरै खुसी छु। बल्ल खुसीको सास फेर्न पाएँ। अब सामाजिक सुरक्षा भत्ता लगायतका अन्य कुरामा सहज हुनेभयो।”

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।