राजनीति

लेखराज निवास पुगेर प्रचण्डले भने- आफ्नै घर ठानेर आएँ

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम पुगेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उनी आइतबार बिहान धनगढी पुगेका हुन् ।

बिज्ञापन

उनी धनगढी विमानस्थलबाट सिधै गेटास्थित पूर्वमन्त्री एवं एमाले सचिव लेखराज भट्टको निवासमा पुगेका थिए । केहीबेर भट्ट निवसमा बिताएका प्रधानमन्त्री प्रचण्डले पत्रकारसँगको प्रतिक्रियामा भट्टको घरसँग ४० वर्षदेखिको सम्बन्ध रहेको बताए ।

‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो,’ उनले भने ।

उनले भट्टसँग समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताए । नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए । उनी सुदूरपश्चिममा प्रचण्डका विश्वासपात्र मानिन्थे । तर, भट्ट तत्कालिन नेकपा विभाजन हुँदा केपी ओली कित्तामा उभिएपछि उनीहरुबीचको सम्बन्ध बिग्रिएको थियो ।

भट्ट एमाले प्रवेश गरेपछि आज पहिलोपटक दुई नेताबीच औपचारिक भेट भएको हो । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

बिज्ञापन