राष्ट्रिय समाचार

ढाका-प्रसाईँ अडिओ प्रकरणबारे गृहमन्त्रीले भने- अनुसन्धानबाट पुष्टि भए कारबाही हुन्छ

बिज्ञापन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडिओको अनुसन्धान हुने बताएका छन् ।

बिज्ञापन

सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै प्रमाणित भए कारबाही हुने बताए ।

उनले भने, दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक प्रक्रियाबाट निष्कर्षमा पुगिसकेका छैनौँ । अनुसन्धानबाट जे पुष्टि हुन्छ । त्यही अनुसार हुन्छ ।’

बाहिरिएको अडिओका बारेमा सम्बन्धित पार्टीका नेताहरूले पहिले आफू प्रष्ट हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ मन्त्री बन्नका लागि आफूसँग पैसा मागिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सहयोग गर्न आग्रह गरेको भनिएको अडियो सार्वजनिक भएको छ ।

सो अडिओमा श्रेष्ठले प्रसाईँसँग २ करोड मागेका छन् ।

श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई सो रकम बुझाउनुपर्ने भन्दै उनीसँग पैसा मागेको अडिओमा सुनिन्छ ।

बिज्ञापन