राष्ट्रिय समाचार

नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नवीकरण नगर्ने क्याम्पससँग स्पष्टिकरण माग गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले क्याम्पसलाई नवीकरण नगर्नुको कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा पेश गर्न भनेको हो ।

बिज्ञापन

विभिन्न संकाय तथा संस्थानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरु सञ्चालन गरेका क्याम्पसमध्ये कतिपयले हालसम्म नवीकरण गरेका छैनन् । ती क्याम्पसहरुलाई त्रिविको नियमानुसार खारेजी किन नगर्ने भनेर त्रिविले स्पष्टीकरण सोधेको हो ।

यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्नेसमेत त्रिविले चेतावनी दिएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ ।

नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ । नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।