राष्ट्रिय समाचार

परराष्ट्रमन्त्रीमा एनपी साउद, आजै शपथ लिँदै

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्रमन्त्रीमा शपथ गराउने तयारी भएको छ । शपथग्रहण दिउँसो तीन बजे राखिएको  प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

बिज्ञापन

कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा साउदलाई जिम्मा दिइएको हो । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई एनपी साउदको नाम सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल आवश्यक भएपछि आज सांसद साउदको शपथग्रहण गराउन लागिएकाे हाे ।

कांग्रेसको भागका अन्य चार मन्त्रीको शपथग्रहण भने उपचुनावपछि हुने बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ ।

बिज्ञापन