स्वास्थ तथा सरसफाइ

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, १०४ जना संक्रमित थपिए

बिज्ञापन

काठमाडौं । नेपालमा कोरोना भाईरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन समेत सबैमा आग्रह गरेको छ ।

बिज्ञापन