अर्थ

बिहीबार सुनको मूल्य घट्यो

बिज्ञापन

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । आज छापावालसुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० कायम थियो । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३०० कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

बिज्ञापन