घटना समाचार

नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ

बिज्ञापन

गोरखा । नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गएराति सिरानचोक गाउँपालिका–७ स्थित दराैंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

सिरानचोक गाउँपालिका–७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १ः३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएकोे १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाइएको जाली र माछा राख्न बनाइएको फुर्लुङसमेत बरामद गरिएको छ,’ उपरीक्षक लामिछानेले भने । नदीमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रम बढ्दै गएपछि प्रहरीले यस्ता कार्र्य रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।

बिज्ञापन