घटना

पदम लिम्बूको श्रद्धाञ्जली सभामा झडप, विराटनगर तनावग्रस्त

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ अन्त्यष्टिअघि आयोजना गरिएको श्रद्धाञ्जलीसभामा झडप भएको छ ।

विराटनगरको मेन बजार रोडशेष चोकमा पदमको शवयात्रामा सहभागी र प्रहरीबीच झडप भएको हो । श्रद्धाञ्जलीसभास्थलबाट मुख्यमन्त्री कार्यालयतिर प्रदर्शनकारी प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

बिज्ञापन

प्रहरीको निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले लाठी र अश्रुग्यास हानेका छन् । अहिले बजार क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

बेलबारीमा अन्त्यष्टि गर्नुअघि पदमको शवयात्रासँगै धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।