राजनीति

खुलामञ्चमा माधव नेपालदेखि विप्लवसम्म एउटै मञ्चमा 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थपना दिवसको अवसर नेकपा र नेकपा माओवादी समाजवादीले काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ।

कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा र्‍यालीसहित विशाल जनसभा कार्यक्रम गरेको हो। अहिले कार्यक्रम खुल्लामञ्चमा भइरहेको छ।

बिज्ञापन

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष बृष्णबहादुर महरा, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरु उपस्थित छन्।

२००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको सम्झनामा यो दिवस मनाइन्छ। २००६ साल वैशाख ९ गते भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।

स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिष्ट पार्टी विचारधाराबाट विचलित भएपछि अहिले फुटको शृङ्खला चलिरहेको छ। कम्युनिष्ट पार्टीलाई एक बनाउने अभियान चल्दै आएपछि अहिलेसम्म सफल हुन सकेको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।