मनोरञ्न

“मेट्रो इन दिनों” सिंगार्नमा व्यस्त छन् अंजन नख गजुरेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई । बॉलीवुडको बहु प्रतीक्षित चलचित्र “मेट्रो इन दिनों” को सेट सिंगार्नमा व्यस्त छन् कला निर्देशक अंजन नख गजुरेल । नेपालको मैथिली कलाबाट प्रभावित भएर कला क्षेत्रमा रुचि राख्न थालेका नेपाली युवक उमेर र अनुभव दुवैमा पाका र पुख्त छन । लेखक र निर्देशकको कल्पनालाई मूर्त रूप दिनु नै कला निर्देशन हो भन्ने गजुरेल जे–जे स्कूल ऑफÞ आर्ट्सका विद्यार्थी पनि हुन ।

ख्याति प्राप्त भारतीय कला निर्देशक रजत पोद्दारसंग झंडैं दुई वर्षसम्म सहायकको रूपमा सहयात्रा गर्दा, कसौटी जÞिंदगी की, कुसुम, कोई अपना सा, जस्ता बहु चर्चित धारावाहिक साथै, साया, मर्डर अनि इंतहाँ जस्ता सुपर हिट चलचित्रहरूमा काम गरिसकेका छन् । आत्म संतुष्टिको लागी आफÞ्नै देशको (नेपाली) चलचित्र क्षेत्रमा काम गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि कहिले साथीहरूले त कहिले समयले साथ नदिएको बताउँछन् अंजन गजुरेल ।

बिज्ञापन

नेपाली सुपर हिट फÞिल्म कोहिनूरको लागी “बेस्ट आर्ट डाईरेक्टर” को रूपमा नेफÞ्टाद्वारा सम्मानित गजुरेलले ग्यालेक्सी च्यानलको “लिटल च्यामप्स” को सेट डिजÞाइन पनि गरेका हुन । यशराज, टी सिरीजÞ, नाडियाडवाला र बालाजी जस्ता ब्यानरका फÞिल्महरू गरी सकेका गजुरेल, हाल अनुराग बसु निर्मित र निर्देशित फÞिल्म “मेट्रो इन दिनों” सिंगार्नमा व्यस्त छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।