Uncategorized

सन्त निरंकारी मण्डल नेपालद्वारा नेपालका विभिन्न ठाउँमा रक्तदान शिविर सम्पन्न, ९७१ यूनिट रगत संकलन

बिज्ञापन

टीकापुर, ९ बैशाख । सन्त निरंकारी मण्डल नेपालद्वारा नेपालका विभिन्न ठाउँमा रक्तदान शिविर सम्पन्न भएको खबर मालिका समाचारलाई प्राप्त भएको छ ।

बिज्ञापन

‘मानव एकता दिवस’ को अवसरमा विभिन्न ठाउँमा आयोजित उक्त रक्दान शिविरमा जम्मा ९७१ यूनिट रगत नेपाल रेडक्रस सोसाईटीले संकलन गरेको छ ।

सन्त निरंकारी सत्संग भवन सडकपुर बौनियामा अयोजित रक्त दान शिविर कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका प्रधान नर बहादुर रावलले निरंकारी मिशनको शिषेता नै अनेकतामा एकता हो बताउदै सन् १९८० मा २४ अपे्रलका दिन मिशनको शुभ कार्यलाई सहन गर्न नसक्ने केहि अराजक तत्वले मिशनलाई समाप्त गर्न अनेकौं प्रयास गरे तर ती सबै कार्य विफल भएपछि उनीहरुले तत्कालिन निरंकारी सत्गुरु बाबा गुरबचन सिंह जीको हत्या गरे । पछि निरंकारी बाबा हरदेव सिंह जी महाराजले– ‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ भन्ने अभियानको थालनि गर्नुभयो । मिशनले त्यस नारालाई आत्मसाथ गर्दै २४ अप्रेल १९८६ देखि अप्रेल २०२२ सम्म सन्त निरंकारी मिशनले १२ लाख यूनिट रगत दान गरिसकेको कुरा उहाँले अवगत गराउनुभयो ।

त्यस्तै आफ्नो मन्तव्य दिनेहरुमा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर, वडा नं. २ का वडा अध्यक्ष गोविन्द बि.क. र नेपाल रेडक्रस सोईटीका स्थानीय प्रतिनिधिले रक्तदान शिविरको आयोजना गरेकोमा प्रशंसा व्यक्त गरेका थिए ।

नेपालका विभिन्न ठाउँमा रक्तदान शिविरको साथै सत्संगको पनि आयोजना गरिएको थियो ।

नेपालका विभिन्नमा ठाउँमा आयोजित रक्तदान शिविरमा निम्न यूनिट रगत संकलन गरिएको छ ।
१. काठमाडौ सत्संग भवन ईमाडोल, ललितपुरमा १२१ यूनिट
२. टीकापुर सत्संग भवनमा ४८ यूनिट
३.बर्दगोरिया, सडकपुर बौनिया सत्संग भवनमा ८२ यूनिट
४. जनकपुरमा १५३ यूनिट
५. नेपालगन्जमा ९३ यूनिट
६. सुर्खेतमा ३० यूनिट
७. दाङ्गमा ५२ यूनिट
८. मकवानपुर, लोथरमा ४३ यूनिट
९. डडेल्धुरामा ५ यूनिट
१०. बीरगन्जमा २० यूनिट
११. मलंगवामा ३४ यूनिट
१२. राजविराजमा २९ यूनिट
१३. राजविराज, वनरझूवामा २४ यूनिट
१४. विराटनगरमा ४२ यूनिट
१५. स्याङ्जामा ६६ यूनिट
१६. बुटवलमा २४ यूनिट
१७. कपिलवस्तुमा १८ यूनिट
१८. दिपायलमा ७ यूनिट
१९. अछाममा १० यूनिट
२०. सल्यानमा ३५ यूनिट
२१. कञ्चनपुरमा ३५ यूनिट
जम्मा संकलन– ९७१ यूनिट

बिज्ञापन