Uncategorized

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासमा

बिज्ञापन

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

बिज्ञापन

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

ती रिटहरूमाथि मङ्सिर ५ गते विपक्षी नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको नाममा कारण देखाऊ आदेश जारी भए पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

अन्तरिम आदेश प्रयोजनका लागि मङ्सिर १९ गतेको पेशी तोकिएकामा उक्त दिन हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि बुधबारका लागि न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासमा पेसी तोकिएको हो । टिकटक प्रतिबन्धविरुद्ध १४ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

बिज्ञापन