राष्ट्रिय निर्वाचन

दुईवटा मतपत्र खसाउन खोजेपछि बारा देवतालमा जसपा नेता यादव पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारा । मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्वर २ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन् । उनी देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ । स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

बिज्ञापन

प्रहरीले जसपा नेता यादवलाई पक्राउ गरेपछि सो पार्टीका स्थानीय नेता कार्यकर्ता पनि लफडा गर्न खोजेका थिए । तर, तत्कालै थप सुरक्षाकर्मी सो मतदान केन्द्रमा पुगेपछि मतदानमा अवरोध नभएको बुझिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।