घटना

पाल्पामा बस दुर्घटना: एक महिलाको मृत्यु, १८ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रूपन्देही । पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य घाइते १८ जनाको उद्धार भइरहेको छ।

बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै सबा ९ बजे दुर्घटना भएको हो।

बिज्ञापन

घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको छ।

यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए। तिनाउ गाउँपालिका वडा नं ५ का अध्यक्ष इन्द्रा चिदीले घटस्थलमा पुगिसकेको र घाइतेको उद्धार भइरहेका बताइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।