राजनीति

गोविन्द भट्टराईको प्रतिक्रिया- मेरो जित निश्चित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र–१ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जित निश्चित रहेको बताएका छन् ।

व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा भोट हालेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो जित पक्का भएको दाबी गरेका हुन् ।

बिज्ञापन

‘तनहुँका जनता लोकतन्त्रको पक्षमा हुनुहुन्छ । हिजो पनि जनताकै बीचमा थिएँ, अहिले पनि छु । भोलि पनि जनताको बीचमै रहने छु । त्यसैले यहाँ मेरो जित निश्चित छ । उहाँहरुले मलाई पत्याउँनुहुन्छ,’ उनले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।