राष्ट्रिय निर्वाचन

मंसिर ४ को निर्वाचनमा भन्दा बढी मत ल्याउने रविको दाबी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंसिर ४ को निर्वाचनमा भन्दा आज भइरहेको उपनिर्वाचनमा आफूले बढी मत प्राप्त गर्ने दाबी गरेका छन्।

रास्वपाबाट चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका लामिछानेले चितवन २ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्दै मतदातामा उत्साह पाएको भन्दै अघिल्लो पटकको भन्दा धेरै मत आउनेमा ढुक्क रहेको दाबी गरेका हुन्।

बिज्ञापन

‘मेरो हृदयले आजको दिन निकै शुभ दिन मानेको छ, उनले भने’, ‘आज बिहानदेखि म मतदान केन्द्रहरुमा पुग्दा मतदाताहरुमा निकै उत्साह देखेको छु। मतदाताहरु कति संख्यामा हुन्छन् भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन। तर जति मत खस्छ, लाग्छ- रास्वपाकै पक्षमा खस्छ। हामी आफ्नो एजेन्डा, आफ्नो उम्मेदवार र आफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छौं।’

विभिन्न राजनीतिक दलहरुले चुनावमा हराउन फन्डा बनाइरहेको भन्दै रास्वपाले कुनै पार्टीसँग पनि गठबन्धन नगरेको पनि उनले बताए।

गत मंसिर ४ को प्रतिनिधिसभा चुनावमा ४९ हजार २६१ मतका साथ लामिछाने विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले हराएका थिए।

गृहमन्त्रीसमेत बनिसकेका लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि सबै पदबाट बर्खास्त भएका थिए। सोही कारण चितवन २ मा अहिले उपनिर्वाचन भइरहेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।