साथीले बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु

नुवाकोट । म्यागङ गाउँपालिका-४ किम्ताङमा साथीले बोकेको गोली अचानक पड्किदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार किम्ताङको जङ्गलमा अमृतले बोकेको बन्दुक पड्किँदा उनको पछाडि रहेका घलेको छातीमा गोली लागी मृत्यु भएको हो ।
घटनापछि शव र बन्दुक बोकेर अमृत तामाङ तीन घण्टाको पैदल दूरीमा रहेको प्रहरी चौकी किम्ताङमा आइतबार बिहान आइपुगेका हुन्। ‘साथी–साथी मिलेर भरुवा जङ्गलमा सिकार गर्न गएको समयमा अमृतले बोकेको बन्दुक पड्किँदा पञ्चको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘अमृतले आफूले बोकेको बन्दुकको गोली लाग्न पुगेको स्वीकार गरेका छन्।’
घटनामा संलग्न रहेका अमृतलाई ज्यानसम्बन्धी कसुर र हातहतियार तथा खरखजानासम्बन्धीको अभियोगमा कारबाही गर्ने नुवाकोट प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
