नेपाल भर्सेस साउदी अरेबिया : वर्षाका कारण टस हुन सकेन

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, मुलपानी मैदानमा नेपाल र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुने भनिएको थियो । तर, वर्षाका कारण नेपाल र साउदी अरेबियाबीचको खेलको टस हुन सकेको छैन । टस ८ः ३० बजे हुनुपर्ने थियो ।
यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो । यसअघिको खेलमा बिजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन् ।
उता हङकङ भने यूएईलाई डिएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिडन लागेको हो भने बहाराइन यसअघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
