खेलकुद

क्रिकेटर सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (सोमबार)का लागि पेसी तोकिएको हो ।

यसअघि गत बुधबार पीडितको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइसकिएको छ । यससँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो ।

बिज्ञापन

यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए । यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको हो ।

उनीहरू दुवै जनाको बकपत्र बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा गराइएको हो ।

यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।