खेलकुद

नेपाल भर्सेस साउदी अरेबिया : वर्षाका कारण टस हुन सकेन

बिज्ञापन

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ ।

बिज्ञापन

यस्तै, मुलपानी मैदानमा नेपाल र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुने भनिएको थियो । तर, वर्षाका कारण नेपाल र साउदी अरेबियाबीचको खेलको टस हुन सकेको छैन । टस ८ः ३० बजे हुनुपर्ने थियो ।

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो । यसअघिको खेलमा बिजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन् ।

उता हङकङ भने यूएईलाई डिएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिडन लागेको हो भने बहाराइन यसअघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हो ।

बिज्ञापन